विद्यालयको चौतर्फी विकासका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.), शिक्षक अभिभावक संघ (शि.अ.सं.), शिक्षक, विद्यार्थी सरकारी एवं गैरसरकारी संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । यस विद्यालयमा प्रचलित शिक्षा ऐन नियमावलीको पूर्ण पालना गरी विद्यालय सञ्चालन गरिएको छ । विद्यालयमा बालबालिकाको शैक्षिक अधिकारलाई केन्द्रविन्दु बनाएर शैक्षिक गतिविधि सञ्चालन भएका छन् । यस विद्यालयमा अध्ययनरत सबै बालबालिकाको शैक्षिक अधिकारको पूर्ण पालना हुने गरी शिक्षण सिकाइ क्रियाकलाप भएका छन् । बालबालिकाको चौतर्फी विकासका लागि विद्यालय परिवार लागेको छ । विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारका लागि आवश्यक पहल वि.व्य.स.ले गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना छ ।