हाल यस विद्यालयमा २ वटा आर.सि.सि. पिलर सहितका ४ कोठे पक्की भवन, ५ कोठे लेन्टर सहितको १ भवन, २ कोठे लेन्टर सहितको १ भवन, ३ वटा कर्कटपाता भएका पक्की भवन गरी जम्मा ७ वटा भवन र २१ वटा कोठाहरू छन् । जसमा कार्यालय १ वटा, स्टाफ रुम १ वटा, कम्प्युटर कोठा १ वटा, पुस्तकालय १ वटा, विज्ञान प्रयोगशाला १ वटा, स्मार्टबोर्ड रुम १ वटा, दिवा खाजा कोठा १ वटा रहेका छन् । विद्यालयको हाताको पश्चिमतर्फ मुख्य गेट र उत्तरतर्फ पर्याप्त खेल मैदान रहेको छ ।
भौगोलिक दृष्टिकोणले यो विद्यालय दुर्गम छैन । ३. विद्यालयको बारेमा: यो विद्यालय पुनर्वास नगरपालिका वडा नं. १ पुरैना गाउँमा अवस्थित छ । यस गाउँमा राना थारु, चौधरी र पहाडी समुदायको बसोबास रहेको छ । हिन्दु, बौद्ध, इसाई धार्मिक सम्प्रदायका व्यक्तिहरू यस क्षेत्रमा बसोबास गर्छन् । यस विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिकाहरू गरिब परिवारका छन् । यस विद्यालयका अभिभावकहरू कृषि पेशामा संलग्न छन् । यस विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म निःशुल्क पठनपाठन हुँदै आएको छ । कार्यरत शिक्षक तथा कर्मचारीहरू दक्ष तथा तालिम प्राप्त छन् ।