कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं. १ पुरैनामा अवस्थित श्री राम बुद्ध माध्यमिक विद्यालयको प्रधानाध्यापकको हैसियतले हार्दिक स्वागत गर्न चाहन्छु । हामी हाम्रो विद्यालयमा प्रत्येक विद्यार्थी उनीहरूको क्षमताको पूर्ण प्रस्फुटन भएको हेर्न चाहन्छौं र त्यसअनुसारको वातावरण प्रदान गर्दछौं । विद्यार्थीहरू पूर्ण सम्मानित, पूर्ण विश्वस्त र पूर्ण उत्प्रेरित रहने अवस्था प्रदान गर्दै उनीहरू आफ्नो उपलब्धि र शैक्षिक योग्यतामा गौरवान्वित रहने अवस्थाको सिर्जना नै हाम्रो मूल लक्ष्य रहेको छ । हामी चाहन्छौं हाम्रा सम्पूर्ण सिकारुहरू वास्तविक जीवनका अवसरहरू प्राप्तिका लागि उच्च शिक्षा चुम्न चाहने, नैतिकवान, बौद्धिकताका हिमायती तथा रोजगारमूलक दक्षता भएका उच्च अभिलाषावान शिष्य बनून् ।